Saturday, 22 November 2014


दुखिको मन दुखायौ त के भो
साचो प्रेम यो सुकायौ त के भो
तिम्रै माया कालू लाग्दो रैछ सारै
कोमल मुटु यो फुटायौ त के भो

     
Ramkumar Khadka
kathar 8 Chitwan

Saturday, 28 June 2014

आकाश गड्गडाउन थाल्यो माले तारे दाउनु पर्छ, मुग्लान पस्या ठुले शाने स्नदेस तिम्ले आउनु पर्छ..। मानो खाई मुरी ल्याउने हेर आयो है समय, ह!ह!माले ह!ह!तारे यस्पाली नी गाउनु पर्छ..। बउसे गर्दै रोपार संग हिलो छ्याप्नको मज्जा छ, एक्लिएकी सांईली माईली संग प्रित लाउनु पर्छ..। बुढा बाबा हलो बोकी कति धाउन लेक बेंशी, बुढेशकालका ति बाबाले अब पालो पाउनु पर्छ..। सुखका दिन छैनन् होला धुरी हेर्दै भन्छिन आमा, यस्पालीको बर्खा संगै चुईया छानो छाउनु पर्छ..। शान्तिनगर~एक जुनेली वस्ती,

Sunday, 22 June 2014

चौतारी सम्झ्यौ मनको भारी बिसाएर गयौ । फिस्स हास्यौ थोरै माया मिसाएर गयौ । खेल्नु खेल्यौ जवानीमा प्यासी बनि खेल्यौ । आफ्नो स्वार्थ पुरा गर्यौ अनि रिसाएर गयौ । थापा ज्ञान गोर्खा ,10 नयाँ गाउँ हाल मलेसिया । ।
सरुवा गरेपछि रमाना त दिनुपर्थ्यो जानलाई अर्को कुनै ठेगाना त दिनुपर्थ्यो कति सजिलै भुलिदेउ मात्र भन्यौ भुल्नलाई एउटा सानो बहाना त दिनुपर्थ्यो heera rana sahalkot 9 palpa
तिमीले दिएको उपहार , आँशुको मीत भएको छु ! विहानी मै बिलाएर , जाने शीत भएको छु !! पहिले आश अनि फेरी , त्राश फैलाएर गयौ , "मायाँ"भन्ने शब्द बाटै , भयभीत भएको छु !!! बिकास गिरी'दु:खी' गोरखा , हाल: मलेशिया
कसरी भनौँ आँशुको,प्रवाह दिएर गई॥ गई ऊ दिलमा चोट, अथाह दिएर गई॥ जसलाई बिर्सन मृत्यु,मात्र यौटा उपाय छ॥ उसैले आज भुल भन्नेे,सल्लाह दिएर गई॥ ............००० माधव पोख्रेल अनुराग ............... देवघाटधाम तनहूँ

Friday, 20 June 2014

छानो टाल्छु भनि परदेश, पसेको छु आमा !! चर्को गर्मी सहेर नि, बसेको छु आमा !! अर्को साल त दशैं तिहार, सगैँ मनाउँला !! यसपाली त मजबुरीमा फसेको छु आमा !! ~सुन्दर शेर्पाली"बिन्दास" रुँघा २ घनखोला रुकुम हाल भारत

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget